United Nations Office for Project Services (UNOPS)ले UKaid को सहयोगमा Modernization and Improvement of Policing Project (MIPP) परियोजना मार्फत नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच UNOPS Nepal का Country Director Charles Callanan ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।
प्राप्त कम्प्युटरहरु आवश्यकता अनुसार महिला बालबालिका तथा जेष्ठ नागिरक निर्देशनालय लगायत नेपाल प्रहरीका विभिन्न ईकाईहरुको काममा प्रयोग गरिने उक्त अवसरमा जानकारी दिइयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।