काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो । त्यसमा केही नेतालाई संक्रमण पुष्टि भएको हो ।
आफूलाई कोरोना संक्रमण भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताएका छन् ।
आफू होम आइसोलेसनमा रहेको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।