काठमाडौँको मुटु मध्य-बानेश्वर, कात्यानी चोकमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग स्कूल (+२) र भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेण्टल स्टोर विच सहकार्य सम्झौता भएको छ ।
नेपालको बिभिन्न क्षेत्रमा फैलिएर सेवा गरि रहेको उत्कृष्ट ब्यापारिक संस्थाको रुपमा परिचित भाटभटेनी सुपर मार्केट र पिस प्वाइन्टमा (प्लस टु) मा अध्ययनरत विद्यर्थीलाई ब्येबहारिक ज्ञान तथा रोजगार उपलब्ध गराउने उद्देश्य अनुरुप सहकार्य सम्झौता गरिएको पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङले बताउनु भयो ।
काठमाण्डौमा १० स्थानको साथै पोखरा, नारायणगढ, बुटवल, भैरहवा, नेपालगञ्ज, धरान, बिराटनगर जस्ता प्रमुख शहरहरुमा शाखा फैलिएको भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरले पिस प्वाईन्टका +२ का बिद्यार्थीहरुलाई बिभिन्न तालिम, ईन्टर्नसीप तथा रोजगारीको ब्यबस्था समेत गर्ने गरि सम्झौता गरिएको प्रिन्सिपल गुरुङ भन्नुभयो ।
समयसंगै परिवर्तनशिल शिक्षा आत्मसाथ गर्दै आईरहेको पिस प्वाइन्टले विद्यर्थीको ब्यबहारिक शिक्षालाई जोड दिँदै आएको छ । पिजीदेखि कक्षा १२ सम्म सञ्चालन भईरहेको पिस प्वाइन्टले यसै वर्षदेखि फुटबलमा अब्बल विद्यार्थीलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्य अनुरुप शहिद स्मारक ए डिभिजनको डिफेन्डिङ्ग च्याम्पियन मछिन्द्र क्लबसंग सम्झौता गरि सकेको छ । सोही अनुरुप पिस प्वाइन्टमा अध्ययनरत विद्यर्थीको थप अवसरका लागि भाटभटेनी सुपर मार्केटसंग द्धिपक्ष सम्झौता गरि विद्यार्थीलाई थप अवसर प्रदान गरिएको हो ।
उक्त अवसर प्राप्त गर्नका लागि पिस प्वाईन्टमा कक्षा ११ मा ब्यबस्थापन, मानविकी र कानुन विषयमा भर्ना भई आफ्नो ज्ञान, सीप र कलाको बिकासका साथै भविष्यमा रोजगारीको सुरक्षा गर्न एसईई उतिर्ण विद्यार्थीहरुलाई विद्यालय प्रशासनले अपिल गरेको छ ।