शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

शैक्षिक सत्र आगामी चैतमै सकिने


  • मंगलबार, भाद्र ३० २०७७
13.6K
SHARES

३० भदौ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएका छन् ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रको यस्तो धारणा सार्वजनिक भएको हो ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै महानिर्देशक दाहालले शैक्षिक सत्र सुरु र अन्त्य हुने मिति यथावत रहेको बताएका हुन् ।

‘पढाइ हुन नसके पनि शैक्षिक सत्र गत वैशाख १ गतेबाटै सुरु भएको मानिन्छ’ दाहालले भने ।

नेपालका पाँच वटा हिमाली जिल्लामा फागुन १ गतेबाट र बाँकी सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा गत चैत पहिलो सातायता विद्यार्थीहरूले विद्यालयमा टेक्न पाएका छैनन् ।

केही विद्यालयहरूले असार १ गतेदेखि दुरशिक्षा सञ्चालन गर्दै आएका छन् । विद्यालय तहमा अध्ययन ९० लाख मध्ये अधिकांश विद्यार्थी अनलाइन शिक्षाको पहुँचमा छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा