काठमाडौँ-राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँको आयोजनामा उपत्यकाव्यापी अन्तरविद्यालय अनलाइन कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
उपत्यकाका विभिन्न ३२ विद्यालयहरुको सहभागितामा अन्तरविद्यालय अनलाइन कविता वाचन प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
जुम एपमार्फत गरिएको उक्त प्रतियोगितामा सहभागि प्रतियोगिहरुले प्रत्यक्ष रुपमा कविता वाचन गरेका थिए ।
५२ प्रतियोगि सहभागि भएका उक्त प्रतियोगितामा ज्ञानभूमि स्कुलकी छात्रा क्रिस्मादा भट्ट प्रथम भएकी छिन् । न्यू भिजनस्कुलकी छात्र श्रेया दाहाल द्धितीय र ग्रिन फिल्ड स्कुलकी छात्र सुस्मिता सापकोटा तृतीय भएकी छिन् ।
विजेता प्रथम, द्धितीय र तृतीयलाई क्रमश. ५ हजार, ४ हजार र ३ हजार नगद सहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ जीवेन्द्र देव गिरीलाई आमन्त्रण गरिएको थियो भने नेसनल प्याब्सन अध्यक्ष रितु सापकोटा, एन प्याब्सनका निवर्तमान अध्यक्ष कर्ण बहादुर शाही, एन प्याब्सन काठमाडौका अध्यक्ष खडक बहादुर बस्नेत एवं पदाधिकारी लगायताको उपस्थिति रहेका थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।