काठमाडौँ – नुतन अर्थात नयाँ शैक्षिक आयामहरुलाई सिकाइमा जोड्दै पाइला-पाइलामा विनायक सिद्ध कलेज (भिएस कलेज) आफु अब्बल बन्दै गइरहेको प्रस्तुत गरिरहेको छ । काठमाडौंको मुटु चावहिलमा रहेको कलेजले छोटो समयमै गुणस्तरीय उच्च शिक्षाको क्षेत्रमा लोभलाग्दो फड्को मार्न सफल भएको छ । स्थापना कालदेखि नै चर्चा बटुलेको यस कलेजमा अध्ययन गर्न देशभरीबाट विद्यार्थीहरु आइरहेका छन् ।

माध्यमिक शिक्षा अन्तर्गत प्रोग्रेसिभ मा.वि. र त्रिभुवन विश्वविद्यालय अन्तर्गत विनायक सिद्ध कलेज (भिएस कलेज) को नामले सञ्चालित यस संस्थामा हाल १३०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । कलेजले +२ तहमा व्यवस्थापन, मानविकी, कानुन, शिक्षा र स्नातक तहमा व्यवस्थापन (BBS) र मानविकी तर्फ (BA, BASW) लगायतका त्रि.वि.को कोर्षहरु सञ्चालन गरिरहेको छ । निकट भविष्यमा BBA, BHM, BCA, BBM, BED., MBS र MBA लगायत विविधि कोर्षहरु संचालन गर्ने योजना रहेको कलेजले बताएको छ ।

विश्वमा गाँजीरहेको विनासकारी कोरोना भाइरस वा कोभिड–१९ को मार संसारभरका शैक्षिक संस्थाहरु परेका छन् । नेपालमा शैक्षिक संस्थाहरुलाई कोरोनाको चपेटामा परेका छन् । यस्तो कठिन अवस्थामा पनि यस कलेजले आफ्ना विद्यार्थीहरुलाई विभिन्न उपायहरु अपनाएर अनलाइन तथा अफलाइन कक्षाहरु सञ्चालन गर्दै सिकाइलाई प्रभावकारी रुपमा अघि बढाइरहेको छ । अर्काे तर्फ आफ्ना विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको स्वस्थ्य सुरक्षालाई ध्यान दिँदै कलेजले कोरोना विमा समेत गरेको छ । नेपालमै पहिलो पटक कलेजले विद्यार्थी, शिक्षा तथा कर्माचारीको कोरोना बिमा गराएको बताएको छ ।

देशभरका ६० भन्दा बढी जिल्लाबाट कलेजको ख्यातीलाई पछ्याउँदै गुणस्तरीय शिक्षालाई रोजेर विद्यार्थीहरु उच्च शिक्षाको लागि यस कलेजमा आबद्ध भएका छन् । गुणस्तरीय शिक्षालाई अर्जुन दृष्टि बनाएको कलेजले दक्ष जनशक्ति उत्पादन गरी समग्र देश विकासमा योगदान गर्ने गरी विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले बताए ।

कलेजका सम्पूर्ण पठन–पाठन नयाँ विधि र प्रविधिमय छ । उसले विद्यार्थीको मनोविज्ञान, आवश्यकता र रुचीलाई पनि उत्तिकै ध्यान दिएको छ। “गुणस्तरीय शिक्षा आजको आवश्यकता” भन्ने मूल मर्मको पृष्ठभूमिमा उभिएको कलेजले आफ्ना विद्यार्थीहरुलाई रटाउने, घोकाउने वा पुरातन शिक्षण विधिलाई छोडेर नयाँ, व्यवहारीक तथा प्रयोगात्मक रुपमा अध्यापन गराउँदै आइरहेको छ । कलेजको यो नुतन विधिलाई विद्यार्थीहरुलाई रुचिपूवर्क लिएका छन् । उनीहरुको समग्र शैक्षिक उपलब्धि तथा परीक्षाको नतिजाले पनि यसलाई प्रमाणित गरेको छ ।

विनायक सिद्ध कलेज निजी कलेज भएता पनि निस्वार्थ शैक्षिक सेवा उसको केन्द्रमा रहेको छ । देशभरबाट आएका गरिब, जेहेन्दार, दलित, सहिद परिवार, लोपोन्मुख जाती लगायत विभिन्न प्रकारका विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गरेको छ । खासगरी काठमाडौंको पूर्वी भाग गोकर्ण, सुन्दरीजल, साँखु, जोरपाटी, थली, बौद्ध, कपन क्षेत्रका विद्यार्थीहरुको पहिलो रोजाइमा रहेको यस कलेज सम्पूर्ण विद्यार्थीहरुको लागि प्रविधि तथा सिप सहितको आधुनिक उच्च शिक्षाको लागि सर्वसुलभ, विश्वासिलो एवं मुख्य गुणस्तरीय सिकाइ केन्द्र बनेको छ ।

शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत, अनुभवी, विज्ञ, प्रतिष्ठित एवं राष्ट्रिय भावनाले ओतप्रोत भएका शिक्षासेवीहरुको संयुक्त प्रयासमा संचालित यस संस्थाले पक्कै पनि देश विकासको मुख्य दक्ष जनशक्ति उत्पादन गरि आफ्नो पृथक एवं गुणस्तरीय यात्रालाई कायम राख्नेमा सबैले आशा र विश्वास गरेका छन् ।
काठमाडौंको शैक्षिक हबको रुपमा परिचित चावहिल क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै उलेख्य रुपमा यस कलेजले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । विद्यार्थीहरुलाई पाठ्यक्रमको घेराभित्र मात्र सिमित नगरी उनीहरुको प्रतिभालाई पहिचान गर्दै विभिन्न प्रकारका अतित्ति क्रियाकलापहरु पनि संचालन गर्नुपर्छ भन्ने मान्यताका साथ कलेजले वर्ष भरी नै विभिन्न प्रकारका अतिरिक्त कार्यक्रमहरु संचालन गर्ने गर्दछ ।

परिणाम स्वरुप कलेजका विद्यार्थीहरुले राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरुमा भाग लिँदै पुरस्कार हात पार्न सफल भएका छन् । खेलकुद, सांस्कृतिक कार्यक्रम तथा अन्य वौद्धिक प्रतिस्पर्धाहरुमा समेत यहाँका विद्यार्थीहरुले बेजोड प्रस्तुति दिन सफल भएका छन् । त्यस्तै मानिस समाजको अभिन्न अंग भएकोले सामाजिक सेवा र सहभागीतालाई बुझाउन कलेजले नियमित रुपमा आफ्ना विद्यार्थीहरुलाई विभिन्न सामाजिक कार्यहरुमा सहभागी गराउँदै व्यवहारिक शिक्षा पनि पस्किरहेको छ ।

आधुनिक शिक्षण पद्धति अनुसार शिक्षा व्यवहारिक हुनुका साथै भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुुनु पर्दछ भन्ने मान्यतालाई विनायक सिद्ध कलेजले हृर्दयङ्गम गरेको छ । शिक्षणमा पूर्ण रुपमा मल्टिमिडिया तथा कम्प्यूटरको प्रयोग गरिएको छ । विद्यार्थीहरुलाई कर्तव्यनिष्ठ र जिम्मेवार नागरिक बनाउँदै राष्ट्रसेवामा समर्पित गराउनु पनि कलेजको अर्काे पवित्र उद्देश्य रहेको छ ।

आफ्नो उज्ज्वल भविष्यको सपना साकार पार्न र जीवनलाई परिणाममुखी बनाउन विनायक सिद्ध कलेजलाई रोजी न्युन शुल्कमा गुणस्तरीय शिक्षा लिन विद्यार्थीहरुलाई चाँडो भन्दा चाँडो कलेजमा सम्पर्क गर्न कलेजले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई आह्वान गरेको छ । सिमित सिटमा मात्र भर्ना लिइने भएकोले विनायक कलेजको यो सुन्दर अवसरलाई सदुपयोग गर्न कलेज परिवारले सबैलाई अनुरोध गर्दछ ।
विनायक सिद्ध कलेज नै किन ?
- सिकाइमा नयाँपन अर्थात् विद्युतीय माध्यमबाट सिकाइ सहजीकरणका लागि
- मनोरञ्जनात्मक प्रणाली एवम् प्रभावकारी सिकाइको लागि
- दक्ष, अनुभवी र तालिम प्राप्त शिक्षकहरुसँग अन्तक्र्रिया गर्दै सिक्नका लागि
- अध्ययन पूरा गर्दा गर्दै सेवा प्रवेशका लागि
- विशेष गरी स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले काम गर्दै अध्ययनलाई अगाडि बढाउनका लागि
- आर्थिक विषमतालाई चिर्दै पूर्ण र आंशिक छात्रवृत्तिमा अध्ययन गर्नको लागि
- सैद्धान्तिक भन्दा व्यावहारिक पक्षमा जोड दिई सिकाइलाई भ्रमण, अध्ययन–अवलोकन तथा ‘गर र सिक’ मा आधारित बनाउनका लागि ।
हाम्रा उपलब्धिहरु:
- दोस्रो स्थान – Blue Men’s And Women’s Inter College Students’ Futsal Tournament
- पहिलो स्थान- Nepcoms Inter College Futsal Tournament, Ace Kaleidoscope द्वारा आयोजित कार्यक्रममा
- विजेता – Cooking without Fire
- तेस्रो स्थान – Band Competition
- तेस्रो स्थान – Fashion Show
- दोस्रो स्थान – Group Dance Competition
आन्तरिक परीक्षाहरुमा दिइने पुरस्कारहरु :
- प्रथम हुनेलाई ३ महिना बराबरको मासिक शुल्कमा १०० प्रतिशत छुट
- द्वितीय हुनेलाई ३ महिना बराबरको मासिक शुल्कमा ७५ प्रतिशत छुट
- तृतीय हुनेलाई ३ महिना बराबरको मासिक शुल्कमा ५० प्रतिशत छुट
- विषय टपरलाई मायाको चिनो
तस्विरः विनायक सिद्ध कलेज