शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भिएसको एसईई अनलाइन तीज गीत नृत्य प्रतियोगिता सम्पन्न, समृद्धी र मिङमालाई उपाधी (फोटोफिचर)


  • शनिबार, भाद्र ६ २०७७
26.9K
SHARES

काठमाडौँ ।
चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भिएस कलेज) ले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा एसईई सहभागि छात्राहरुलाई लक्षित गरि आयोजनामा गरेको ‘भिएस एसईई अनलाइन तीज गीत नृत्य प्रतियोगिता—२०७७’ सम्पन्न गरेको छ ।


भाद्र ५ गते कलेजको मुख्य हलमा ग्राण्ड फिनालीको आयोजना गर्दै विजेताहरुको घोषणा गरिएको छ ।


एसईई सहभागि छात्रा र भिएसमा अध्ययनरत छात्राहरुको गरि दुई कार्यक्रमको आयोजना गरिएको थियो । जसमा एसईई तीज गीत नृत्य प्रतियोगिताको उपाधी कपनमा रहेको पुष्पलाल मेमोरियल स्कूलकी छात्रा समृद्धी रुमदालीले जितेकी छिन् । चाल्स डार्विन एकेडेमीकी छात्रा प्रसुना तामाङ द्वितीय र सृजना ज्ञान सागर स्कुलकी छात्रा मनिता गुरुङ तृतीय भएकी छिन् ।


भिएसमा अध्ययनरत छात्राको तर्फबाट प्रथम, द्धितीय र तृतीय क्रमश. मिङमा शेर्पा, लक्ष्मी शाही ठकुरी, लभ्लि बिष्ट मगर भएकी छिन् ।
दुवैतर्फका प्रथम स्थान हासिल गर्ने छात्रालाई नगद ५ हजार, अध्ययनका लागि १००% छात्रवृद्धि र प्रमाण–पत्र प्रदान गरिएको छ भने द्धितीय हुने छात्रालाई नगद ३ हजार, ७५% छात्रवृद्धि र प्रमाण–पत्र र तृतीय हुने छात्रालाई नगद २ हजार, ५०% छात्रवृद्धि र प्रमाण–पत्र प्रदान गरिएको क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले बताए ।


यस्तै प्रतियोगितामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सत्र २०७७/०७८ को नयाँ भर्नाको मासिक शुल्क बाहेक सम्पूर्ण शुल्कमा ७५% छुट हुनुको साथै सहभागीहरुलाई सहभागीताको प्रमाण–पत्र प्रदान गरिएको छ ।


प्रतियोगिताको निर्णायक मण्डलको भुमिकामा बरिष्ट नृत्य निर्देशक तथा बज्रयोगिनी म्युजिक तथा डान्स एकेडेमीका निर्देशक महेश गोदार, नृत्य निर्देशक तथा डि. डान्स भक्तपुरका सचिव चुडामणि फुयाल र नृत्य निर्देशक दक्षिणा लामा रहेका थिए ।
प्रतियोगितामा भिएसमा अध्ययनरत तथा देशभरबाट एसईईमा सहभागि भएका छात्राहरुले सहभागिता जनाउन सक्ने प्रावधान राखिएको थियो । छात्राहरुले २ देखि ३ मिनेटसम्मको तीज गीत नृत्य भिडियो तयार गरि कलेजको ईमेलमा पठाएका थिए । उक्त नृत्यलाई शुक्रबार भएको ग्राण्ड फिनालीमा सार्वजनिक गरिएको थियो । सोही नृत्यको मुल्यांकन गरि निर्णायकहरुले विजेताहरुको छनोट गरेका थिए ।
तस्विरः भिएस कलेज


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा