शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भिएस कलेजले ‘एसईई अनलाइन तीज डान्स प्रतियोगिता’ गर्दै


  • बिहिबार, साउन २९ २०७७
27.9K
SHARES

२९ श्रावण, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भिएस कलेज) ले महिलाहरुको महान पर्व तीजको अवसरमा एसईई अनलाइन तीज डान्स प्रतियोगिता गर्ने भएको छ ।
गत वर्षको निरन्तरता स्वरुप यस वर्ष पनि नेपाली कला र संस्कृतिको उत्थान तथा उनन्वयनका लागि एसईई अनलाइन तीज डान्स प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ ।
प्रतियोगितामा देशभरबाट एसईईमा सहभागि भएका छात्राहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागी हुनका लागि विनायक सिद्ध कलेजको फेसबुक पेज लाईक गरि पोष्ट गरिएको गुगल फर्मको लिंकमा क्लिक गरि फर्म समिट गर्नु पर्नेछ । सो पश्चात कम्तिामा २ देखि ३ मिनेटसम्मको तीज गीत नृत्य भिडियो कलेजको ईमेल [email protected] मा भाद्र ३ गतेसम्म पठाउनु पर्नेछ ।
कार्यक्रमलाई दुई समुहमा विभाजन गरिएको छ । पहिलो समुहमा हाल एसईई दिएर बसेका छात्राहरुले मात्र सहभागिता जनाउनुहुनेछ भने दोश्रो समुहमा हाल विनायक सिद्ध कलेजमा प्लस टु तथा ब्याचलर तह अध्ययनरत छात्राहरुले मात्र सहभागी हुन पाउनेछन् ।
कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि शुल्क लाग्ने छैन । जसमा दुवै समुहबाट प्रथम, द्वितीय र तृतीय हुने छात्राहरु २/२ जनालाई पुरस्कृत गरिनेछ ।
प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्ने छात्रालाई नगद ५ हजार, अध्ययनका लागि १००% छात्रवृद्धि र प्रमाण–पत्र प्रदान गरिनेछ भने द्धितीय हुने छात्रालाई नगद ३ हजार, ७५% छात्रवृद्धि र प्रमाण–पत्र र तृतीय हुने छात्रालाई नगद २ हजार, ५०% छात्रवृद्धि र प्रमाण–पत्र प्रदान गरिनेछ ।

निर्णायक मण्डलको भुमिकामा बरिष्ट नृत्य निर्देशक तथा बज्रयोगिनी म्युजिक तथा डान्स एकेडेमीका निर्देशक महेश गोदार, नृत्य निर्देशक तथा डि. डान्स भक्तपुरका सचिव चुडामणि फुयाल र नृत्य निर्देशक दक्षिणा लामा हुने कलेज प्रशासनले जनाएको छ ।
कार्यक्रममा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सत्र २०७७/७८ को नयाँ भर्नाको मासिक शुल्क बाहेक सम्पूर्ण शुल्कमा ७५% छुट हुनुको साथै सहभागीहरुलाई सहभागीताको प्रमाण–पत्र प्रदान गरिने क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले जानकारी दिए ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा