शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कपनस्थित केयर बालगृहबाट ११ जना बालिकाको उद्धार


  • बुधबार, साउन २१ २०७७
21.2K
SHARES

काठमाडौं : कपनस्थित केयर बालगृहबाट ११ जना बालिकाको उद्धार गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद् र महिला तथा बालबालिका खोज तलास केन्द्रको संयुक्त टोलीले बालिकाहरूको उद्धार गरेको हो।

परिषद्का प्रशासकीय प्रमुख कृष्ण भुषालले उद्धारको काम भइरहेको बताए। “टोली गएको छ। त्यहाँ रहेका बालिकाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिन्छ,” प्रमुख भुषालले भने।

साउन १३ गते एक नवजात शिशुलाई बाल गृहमा राखिएको थियो। नाटकीय ढंगबाट बालिकालाई बेवारिसे भन्दै राखेको पाइएपछि प्रहरी, परिषद्, केन्द्र र स्थानीयको सहयोगमा उद्धार गरिएको भुषालले बताए।

बाल अधिकारका लागि राष्ट्रिय अभियानले परिषद्मा उजुरी दिएको थियो। उजुरीका आधारमा बालिकाहरूको उद्धार गरिएको हो। गृहमा रहेका तीनजना बालकको भने पछि उद्धार गरिने प्रशासकीय प्रमुख भुसालले बताए। बाल गृहकी सञ्चालिका पुष्पाले महिलाको इज्जतका लागि बच्चालाई बेवारिसे भन्दै गृहले संरक्षणको जिम्मा लिएको बताउँदै आएकी छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा