सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सुझाब दिनुभएको छ ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्भेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएका समय महामारीको कारण देखाउँदै उहाँले यस्तो अवस्थामा मतदानको परिणाम पनि सही आउन नसक्ने धारणा राख्नुभएको छ ।
“जबसम्म नागरिकले सही तथा सुरक्षितरूपमा मतदान गर्न सक्दैनन् त्यतिन्जेल निर्वाचनलाई पछि सारियोस्” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट्मार्फत आग्रह गर्नुभयो ।
सन्देशमा भनिएको छ, “निर्वाचनमा मेलमार्फत गरिने मतदान प्रक्रिया सन् २०२० का अमेरिकी इतिहासमा अत्यन्त ‘गलत र भ्रामक’ हुनेछ । यो संयुक्त राज्य अमेरिकाका लागि ठूलो अफ्ठ्यारोको विषय हुनेछ ।”
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।