शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कैलालीमा बाढीले बगाउँदा ४ जना बेपत्ता


  • बिहिबार, साउन १५ २०७७
14.1K
SHARES

कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए ।

प्रहरी उपरीक्षक जबराका अनुसार काडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा उनीहरुलाई बगाएको हो ।

‘बुधबार अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेको थियो । बस्तीमा पसेको बाढीबाट सुरक्षित स्थानमा जान खोज्दा उनीहरु बेपत्ता भएका हुन,’ प्रहरी उपरीक्षक जबराले भने, ‘उनीहरुको खोजी कार्य जारी छ ।’

७ जना बेपत्ता भएका मध्ये तीन जनाको भने बुधबार नै सकुशल उद्धार गरिएको उनले बताए ।
बेपत्ता रहेका चार जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा खोजी कार्य भइरहेको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा