काठमाडौं । इटालियन सिरी ए मा च्याम्पियन बनिसकेको युभेन्ट्स काग्लियारीसँग पराजित भएको छ । युभेन्टसलाई काग्लियारीले २-० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलको आठौं मिनेटमै लुकास काग्लिएनोले गोल गर्दै काग्लियारीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा जिओभानी सिमोनीले गोल गर्दै काग्लियारीको अग्रता दोब्बर पारेका थिए ।
क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिग्वेन जस्ता खेलाडीहरु भएपनि च्याम्पियन युभेन्टसले गोल फर्काउन नसक्दा पराजित भयो ।
युभेन्ट्सलाई हराएको काग्लियारी ३७ खेलबाट जोड्दै १३औं स्थानमा छ । युभेन्टसको ३७ खेलबाट ८३ अंक छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।