आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने


  • बिहिबार, साउन १५ २०७७
17.7K
SHARES

फाइल तस्विर

काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिए ।

रेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने र ती क्षेत्रलाई स्थानीय तहले निर्मलीकरण गर्ने पनि निर्णय भएको छ । विद्यालय आउन जान असर हुने गरी कोरोना महामारी रोकथाम र नियन्त्रणसम्बन्धी संरचना नराख्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले बताए ।

सरकारले शैक्षिक सत्र २०७७/७८ को विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने बताएको छ । ०७६/७७ को नतिजा प्रकाशन बाँकी भए तत्काल गर्ने, भदौ १ देखि विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको संख्या यकीन गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने र शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा