शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

आज साउन १५ अर्थात खिर खाने दिन


  • बिहिबार, साउन १५ २०७७
17.3K
SHARES

फाइल तस्विर

काठमाडौं – साउन १५ मा आज मुलुकभर खिर खाएर मनाइँदै छ । त्यसो त नेपालमा सबैजसो चाडपर्वहरु कुनै न कुनै खानेकुरा सँग जोडिएका हुन्छन्।  परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको हुन्छ ।

आयुर्वेद चिकित्सकका अनुसार बर्षातको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले खिरले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । चामल, दूध, नरिबल, छोकडा लगायत सामाग्री र चिनी हालेर खिर बनाउने प्रचलन रहेको छ ।

दूध मानव शरीरका लागि सर्वोत्तम भोजन पनि हो। दूध आफैँमा प्रोटिनको राम्रो स्रोत पनि हो । यसमा आइरन बाहेकका सबै पौष्टिक तत्त्वहरु पाइन्छन्। यसबाट बनेका जुनसुकै परिकार पनि मात्रा मिलाएर खाए स्वास्थ्यलाई फाइदाजनक छन्। त्यसैले होला व्रत बस्दा पनि दूध खाने चलन छ । खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ।

नेपाली समाजमा हाम्रा जन्मदेखि मृत्युसम्मका संस्कारमा खीर अनिवार्य जस्तै मानिन्छ। खीर देवतादेखि पितृसम्मलाई मन पर्ने खाद्यपदार्थ भएको विश्वास गरिन्छ। मानव शरीरका लागि पनि यो असाध्यै पौष्टिक परिकार हाे । साउन १५ मा खीर खाने चलन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ भने खीर स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा