शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

निर्मला पन्तको प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरी अधिकारीहरुले पाए सफाइ


  • बिहिबार, साउन १५ २०७७
10.4K
SHARES

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरी अधिकारीहरुले सफाइ पाएका छन् ।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

मुद्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्‍ट भने बर्खास्तीमा परेका थिए ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा