शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

जुगलमा ९२औँ घुम्ती कवि गोष्ठी (फोटोफिचर)


  • शनिबार, साउन १० २०७७
43K
SHARES

१० श्रावण, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इङिलस मिडियम स्कूल/कलेजमा ९२औँ घुम्ती कवि गोष्ठी सम्पन्न भएको छ ।


स्कूलको बुद्ध हलमा कविता वाचन कार्यक्रम गर्दै घुम्ती कवि गोष्ठी सम्पन्न भएको हो ।


जुगल स्कूल तथा घुम्ति कवि गोष्ठी नेपालको सहकार्यमा गरिएको उक्त कवि गोष्ठी कार्यक्रमको सभापतित्व जुगल स्कूल/कलेजका प्राचार्य विवेव विनयी गरको थिए । यस्तै प्रमुख अतिथिमा वरिष्ठ शिक्षासेवी तथा साहित्यकार डा. रामप्रसाद ज्ञवाली रहेको थिए भने उक्त कार्यक्रममा साहित्यकार गोविन्द घिमिरे(वेदमणि) मित्रलाल पंगेनी, परशुराम पराक्षर, निवन्ध आचार्य, दुण्डीराज मरासिनी, त्रिलोचन आचार्य लगायत साहित्य एवं कवितासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


बिहान ८ बजेदेखि १०ः३० बजेसम्म भएको उक्त घुम्ती कवि गोष्ठी कार्यक्रममा सामाजिक, राजनीति लगायतका विषयमा केन्द्रित रहेर लगभग २५ जना कविले आफ्नो कविता वाचन गरेका थिए ।


विभिन्न संस्थासंगको सहकार्यमा घुम्ती कवि गोष्ठी नेपालले हरेक महिनाको दोश्रो हप्ता कविता वाचन कार्यक्रम गर्दै आएको छ । सोही अनुरुप जुगलसंगको सहकार्यमा आज ९२औँ घुम्ती कवि गोष्ठीको आयोजना गरिएको जुगलका प्राचार्य विवेक विनयीले बताए ।


कार्य क्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले घुम्ती कवि गोष्ठीमा कविता वाचन मात्र नभई कविताको बारेमा जानकार कुनै एक व्यक्तिलाई निम्त्याएर निश्चित विषयमा अन्तरक्रिया गर्न सके अझ कार्यक्रमले पुर्णता पाउने विश्वास व्यक्त गरेका थिए । शब्द, अर्थ र लय यि तीन कुराको सौन्दर्य भनेकै कविता हो । कवितामा विषयवस्तु भन्दा पनि विषयवस्तुको पुनर्निर्माण महत्वपुर्ण हुन्छ प्रमुख अतिथि ज्ञवाली भन्छन् ।


कार्यक्रमलाई जुगलकी सह–प्राचार्य श्यामा पन्तले सञ्चालन गरेकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा