प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सञ्चारगृहलाई राहत र सहुलियत दिन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार पत्रकार महासंघ र मिडिया सञ्चालकहरुसँग छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देश गरेको हो ।
‘विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ ले आमसञ्चार क्षेत्रमा पारेको नकारात्मक असरको विस्तृत अध्ययन गरी त्यसको प्रभावका बीचमा प्रकाशन प्रसारणलाई निरन्तरता दिई सूचना प्रवाहमा पुर्याएको योगदानको आधारमा सञ्चारगृहलाई सहुलियत, राहत र सुरक्षाको प्रवन्ध मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ’ बैठकपछि समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।