लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए ।
तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।
भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ । मन्त्री खतिवडाका अनुसार निजी सवारीको जोर विजोर भने हटेको छ ।
सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।