सरकारले श्रावण १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । यद्यपी होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन ।
यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
यस्तै भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।