पछिल्लो समय सुनले नयाँ रेकर्ड कायम गर्न थालेको छ । सुनको भाउ दिनप्रतिदिन आकासिर्दै गएको हो । सुनको भाउ आज तोलाको ९२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले सुनको भाउ महँगो भएको महासङ्घ ले जनाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो ।
नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले आज रेकर्ड बनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।