शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको मिति सार्वजनिक


  • शुक्रबार, साउन २ २०७७
13.7K
SHARES

बंगलादेशमा तय भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष पछि सरेको छ । कोरोना भाइरसको महामारीको कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ ९साफ० को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको हो । अब प्रतियोगिता सन् २०२१ मा हुनेछ । यस अघि १३ औं संस्करणको साफ च्याम्पियनसिप सेप्टेम्बरमा हुने तय थियो ।

बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको थियो । सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो । उक्त संस्करणमा भारतलाई २–१ ले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो । नेपाल भने सेमिफाइनलसम्म पुगेको थियो ।

यस्तै महिला र पुरुषको साफ यू–१५ च्याम्पियनसिप र साफ यू(१८ वुमन्स च्याम्पियनसिप भने सेप्टम्बरको बैठकले तय गर्ने निर्णय गरेको छ ।  –एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा