शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

ग्लोबल आइएमई बैंकद्वारा बाग्मती प्रदेशलाई १० लाख सहयोग


  • शुक्रबार, साउन २ २०७७
6.2K
SHARES

ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई रु. १० लाख सहयोग गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकहरु नारायण प्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द थापाले संयुक्तरुपमा बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन् आग्रह गर्नुभयो ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा