नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि दिन अघि तनहुँमा गएको बाढि पहिरोमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुगेर भेट गरेका छन् ।
बरिष्ठ नेता पौडेलले तनहुँको व्यास नगरपालिका– ९ माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका– ८ पल्ट्याङका दधिसरा थापाको गण्डकी मेडिकल कलेज पोखरामा पुगी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
घाइते केशर थापालाई व्यास नगरपालिकाका तर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उनका स्वकिय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए । उनीहरु दुवै जनाले पहिरोमा परि परिवार गुमाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।