शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कागेश्वरीमा श्रावण १ देखि विद्यालय सञ्चालन गर्न माग


  • सोमबार, असार २९ २०७७
17.7K
SHARES

फाइल तस्विर

२९ असार, काठमाडौँ ।
निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सन कागेश्वरी मनोहरा नगरकमिटीले श्रावण १ गतेदेखि विद्यालय सञ्चालन गर्न स्थानिय सरकारसंग माग गरेका छन् ।
आइतबार प्याब्सन र एन प्याब्सन कागेश्वरी मनोहरा नगरकमिटीले अनलाईन मार्फत संयुक्त भेला गर्दै कागेश्वरी मनोहरा नगरपालिकालाई विभिन्न ६ बुदे माग राख्दै विद्यालय सञ्चालन गर्न माग गरेका हुन् ।
लकडाउनका कारण निजी विद्यालयमा परेको आर्थिक, शैक्षिक, सामाजिक र नैतिक संकट न्युनीकरणको लागि सम्बन्धित पक्षबाट सम्वोधन होस् भन्नका लागि ६ बुदे माग राखिएको संयुक्त भेलाका संयोजक तथा एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीका कोषाध्यक्ष प्रेम कुमार भुजेलले बताउनु भयो ।
यस्तै असार ३१ गते कागेश्वरी मनोहरा नगरपालिकासंग उक्त माग–पत्र बारे छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यस्तो छ प्याब्सन, एन प्याब्सन कागेश्वरी मनोहरा नगरकमिटीको माग–पत्रको पुर्णपाठः

  • आ–आफ्नो विद्यालयको श्रोतलाई मध्यनजर राखी शिक्षक कर्मचारीलाई आर्थिक रुपले व्यबस्थापन गर्ने ।
  • श्रावण १ गतेबाट विद्यालय खोल्नका लागि स्थानिय सरकार र सम्वन्धित पक्षसंग समन्वय गरि केन्द्रिय सरकारसंग माग गर्ने पहल गर्ने निर्णय ।
  • शिक्षण शुल्क र नयाँ भर्ना सम्वन्धमा सम्वन्धित पक्षसंग छलफल गरि वाचौँ र वचाऔँ भन्ने अभियान स्वरुप अघि बढ्ने ।
  • शैक्षिक सत्रको विद्यार्थी संख्या एकिन गर्न कक्षागत अभिलेखीकरणको कार्य अघि बढाउन लागि पर्ने ।
  • निजी विद्यालयमा परेको आर्थिक, शैक्षिक, सामाजिक र नैतिक संकट न्युनीकरणको लागि जोडदार रुपमा स्थानीय सरकार मार्फत केन्द्रित सरकारको ध्यानाकर्षण गराउने ।
  • समस्या समाधान तर्फ सम्वन्धित निकायको ध्यान नभएमा सामुहिक संघर्षको कार्यक्रम तय गर्ने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा