शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

अस्पताल पुगेर ‘इनफ इज इनफ’का अभियन्तालाई भेटे प्रधानमन्त्री ओलीले


  • बिहिबार, असार १८ २०७७
28.6K
SHARES

काठमाडौँ ।
प्रधानमन्त्री केपीशर्मा ओलीले अस्पताल भर्ना भएका इनफ इज इनफका अभियन्ता ई. लाई आज भेटेका छन् ।
बिहीबार साँझ ह्याम्स अस्पताल पुगेर प्रधानमन्त्री ओलीले ई.लाई भेटेका हुन। भेटमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरस नियन्त्रणका लागि भएको खर्चमा पारदर्शिता अपनाइने प्रतिबद्धता जनाउँदै अनसन तोड्न आग्रह गरेका थिए।
अनशन बस्दै आएका ईसहित दुई अभियन्ता आजै अस्पताल भर्ना भएका हुन् ।

बिहीबार साँझ ५ बजे ई र अर्का सत्याग्रही पुकार बामको स्वास्थ्यमा समस्या आएपछि ह्याम्स अस्पताल लगिएको थियो ।
कोरोनाभाइरस महामारीमा सरकारले गरेको कामप्रति असन्तुष्ट जनाउदै ईको नेतृत्वमा इनफ इज इनफ अभियान थालिएको थियो।
सरकारले पिसिआर परीक्षण बढाउनुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिनको राम्रो व्यवस्थापन हुनुपर्ने लगायतका मागहरू राखेर उनीहरुले शान्तिपूर्ण आन्दोलन गरेका थिए।

सरकारले वेवास्ता गरेको भन्दै केही दिनअघिबाट उनी पाटनको कृष्णमन्दिर अगाडिको पाटीमा अनशन बस्दै आएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा