शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बूनपा–२ मा गिरिजा प्रसाद कोइराला राष्ट्रिय शान्ती पार्कको सिलन्यास गरियो


  • बिहिबार, असार १८ २०७७
26K
SHARES

१८ असार, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका (बूनपा) वडा नम्वर २ स्थित पञ्चकन्या सामुदायिक मध्यवर्ती बन, बदेलीमा गिरिजा प्रसाद राष्ट्रिय शान्ती पार्कको सिलन्यास गरिएको छ ।
स्वर्गिय गिरिजा प्रसाद कोइरालाको नामकरणमा असार १८ गते बिहिबार (आज) बिहान ९ बजे संघिय सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा गिरिजा प्रसाद कोइराला राष्ट्रिय शान्ती पार्कको सिलन्यास गरिएको हो ।

उक्त सिलन्यास कार्यक्रममा सांसद दिब्यमणी राजभण्डारी बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब प्रसाद खरेल, पार्क ब्यबस्थान समितिका अध्यक्ष श्याम कृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका काठमाडौँ जिल्ला सदस्य इन्द्र थापा लगायत स्थानिय राजनैतिक दलका सदस्य, समाजसेवी तथा स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि थापा एवं विशेष अतिथि सांसद दिब्यमणी राजभण्डारी र मेयर उद्धब प्रसाद खरेल तिनै जनाले पार्कको सिलन्यास गरेका थिए ।
सिलन्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खरेलले पार्क निर्माणमा पार्क ब्यबस्थान समितिलाई नगरपालिको तहबाट हुने सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


यस्तै प्रमुख अतिथि थापाले गिरिजा प्रसाद राष्ट्रिय शान्ती पार्क निर्माणका लागि तिनै तहसंग सहकार्य गरि पार्क निर्माण कार्यलाई अगाडी बढ्न पार्क व्यबस्थापन समितिलाई निर्देशन दिएका थिए ।
स्वंर्गिय गिरिजा प्रसाद कोइरालाको ९७औँ जन्मजयन्तीको अवसरमा उक्त गिरिजा प्रसाद राष्ट्रिय शान्ती पार्कको आज सिलन्यास गरिएको पार्क व्यबस्थापन समितिका सल्लाहकार तथा नेपाली कांग्रेस काठमाडौँ जिल्लाका सदस्य इन्द्र थापाले बताए ।
२०६४ सालदेखि राष्ट्रिय पार्क निर्माण गर्ने भनिएता पनि सो निर्माणमा कसैको चाँसो नभए पछि स्थानीय राजनैतिक दल, शिवपुरी नागार्जुन राष्ट्रिय निकृञ्ज र पञ्चकन्या मध्यवर्ती बन उपभोक्ता समिति तथा स्थानिय बासिन्दाको सहमतिमा गिरिजा प्रसाद राष्ट्रिय शान्ती पार्क निर्माण गर्ने निर्णय अनुरुप पार्कको सिलन्यास गरिएको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा