शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

एसी मिलानको सानदार जित


  • मंगलबार, असार ९ २०७७
28K
SHARES

इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा एसी मिलानले लेच्चेको घरेलु मैदानमा ४-१ को सानदार जित दर्ता गरेको छ ।

मिलानको जितका लागि सामु कास्टिलेजो, बोनाभेन्टुरा, एन्टे रेबिच र राफेल लेअओले एक एक गोल गरे । घरेलु टोलिका लागि मार्को मान्कोसुले एक गोल फर्काए ।

खेलको २६ औं मिनेटमा कास्टिलेजोले गोल गर्दै पाहुना टोलिलाई पहिलो हाफमा १-० को अग्रता दिलाए । ५४ औं मिनेटमा घरेलु टोलिका मान्कोसुले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले पेनाल्टीमा गोल गरेका थिए ।

त्यसको एक मिनेट नबित्दै बोनाभेन्टुराले गोल गर्दै मिलानलाई पुनः अग्रता दिलाए । ५७ औं मिनेटमा रेबिचले गोल गर्दै मिलानलाइ ३-१ को अग्रता दिलाए । खेलको ७२ औं मिनेटमा राफेलले गोल गर्दै पहुना टोलिलाई ४-१ को फराकिलो जित दिलाए ।

यस जितसँगै मिलान २७ खेलबाट ३९ अंक जोड्दै तालिकाको सातौ स्थानमा छ । पराजित लेसे भने समान खेलबाट २५ अंक सहित १८ औं स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा