साविक विजेता युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार रातिको खेलमा बोलोग्नालाई २-० ले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरेका थिए ।
अवे मैदानमा भएको खेलमा इन्जुरी समयको केही मिनेट युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । युभेन्टसले दुवै गोल पहिलो हाफमा गरेको हो ।
उसका लागि २३ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरेर सुरुवाति अग्रता दिलाए । ३६ औँ मिनेटमा पाउलो डिबालाले गोल गरेर टिमको अग्रता दोब्बर पारे ।
डानिलो इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । जितपछि युभेन्टसको २७ खेलबाट ६६ अंक भएको छ ।
सोमबार राति नै भएका अरु खेलमा एसी मिलानले लिचेलाई ४–१ पराजित गर्दा फियोरेन्टिना र ब्रेसियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।