शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेसनल प्याव्सन काठमाडौंको विस्तारित बैठक अनलाइन मार्फत गरिने


  • आइतबार, जेष्ठ ११ २०७७
27.9K
SHARES

११ जेठ, काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँले विस्तारित बैठक अनलाइन मार्फत गर्ने भएको छ ।
जेठ १२ गते जूम एप मार्फत शिक्षा क्षेत्रको समसामयिक विषयमा विस्तारित बैठक गरिने जनाइएको छ ।
नेसनल प्याव्सनका अध्यक्ष ऋतुराज सापकोटा, प्रमुख सल्लाहकार कर्ण बहादुर शाही, केन्द्रिय महासचिव सुवाश न्यौपाने, नेसनल प्याव्सन बाग्मती प्रदेशका अध्यक्ष प्रवोध प्रभाकर रिजाल, काठमाडौं जिल्ला अध्यक्ष खडग बहादुर बस्नेत र काठमाडौं जिल्ला समितिका निवर्तमान अध्यक्ष बिष्णु पराजुली मुख्य वक्ताको रुपमा रहने प्रचार विभाग प्रमुख तथा जिल्ला सदस्य राजन श्रेष्ठले बताए ।
सोमवार जूम एपमा २ बजेदेखि विस्तारित बैठक सुरु हुने बताइएको छ । उक्त बैठकमा सहभागि हुनका लागि जूम एप आइडी ६३३६२८४९०० तथा पासवर्ड NPABSAN रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा