शनिबार, असार १८ २०७९
ताजा अपडेट

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १८ हजार नाघ्यो


  • KTM Khabar
  • शुक्रबार, जेष्ठ ९ २०७७
15.5K
SHARES

९ जेठ, काठमाडौं ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ लाख १८ हजार नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा एक लाख १८ हजार चार सय ४७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ हजार ८८ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार ५८३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भइरसबाट १४८ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ हजार ६४२ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ४५४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १३ हजार ९६७ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ९४ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १२ हजार ९०५ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ७७३ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या पाँच हजार ९८१ संक्रमित फेला परेका छन् । यो राज्यमा २७० जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा तीन हजार १९७ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २५९ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या पाँच हजार ५१५ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १३८ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार ९८२ संक्रमित पुग्दा ११ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म ४८ हजार पाँच सय ३४ संक्रमित निको भएर घर फर्किएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा