शनिबार, असार १८ २०७९
ताजा अपडेट

कपिलवस्तुका दुई पत्रकारमा कोरोना संक्रमण


  • KTM Khabar
  • शुक्रबार, जेष्ठ ९ २०७७
8.1K
SHARES

फाईल तस्बिर

९ जेठ, बुटवल ।

कपिलवस्तुमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएका नौ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ ।

दुईजनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन्।

एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दै आएका थिए । एकजना वाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् ।

दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी उनीहरूको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालले बताए । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा