काठमाडौँ ।
लायन्स क्लव इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जको प्रमुखमा गेन्द्र लामा चयन भएका छन् ।
लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जका चार्टर प्रेसिडेन्ट राजन श्रेष्ठ तथा सदस्यहरु विच भएको अनलाइन भेलाबाट लायोनिष्टिक वर्ष २०२०/०२१ का लागि लामाको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको हो ।
लामाको नेतृत्वमा बनेको लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्जको नयाँ कार्यसमितीमा भाईस–प्रेसिडेन्टमा राज कुमार लामिछाने, तारा कँडेल निर्वाचित भएका छन् भने सेक्रेटरीमा सम्झना लामा, कोषाध्यक्षमा सहदेव तिमल्सिना चयन भएका छन् ।
यस्तै उक्त भेलाबाट विभिन्न जिम्मेवारीका साथ सदस्यहरुमा दिवेश कार्की, रमेश गोले लामा, भोजकुमार धमला, हरिचन्द्र श्रेष्ठ, संजिव श्रेष्ठ, रमेश थापा, प्रदिप खनाल, सुमन थापा, बिमल अधिकारी, कमल अछामी, मनिष श्रेष्ठ, राम कृष्ण भट्टराई, डिम्पल श्रेष्ठ चयन भएका छन् ।
प्रेसिडेन्ट गेन्द्र लामा प्राक्सिस इन्टरनेशनल स्कूलका संस्थापक प्रिन्सिपल, प्याब्सकका अध्यक्ष एवं नेसनल प्याब्सन काठमाडौँका कोषाध्यक्ष हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।