१५ बैशाख, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिक (बूनपा) वडा नम्वर ११ ले दाताहरुको सहयोगमा पुनः राहत वितरण गरेको छ ।
आज बूनपा ११ को विभिन्न स्थानमा नेपाल बौद्ध महायान (कपन गुम्बा) को सहयोगमा पहिलो चरणको राहतमा छुटेका व्यक्तिहरुलाई वडाले ५७५ जना व्यक्तिहरुलाई राहत वितरण गरेको हो ।
बिहान १० बजे ग्राम शिक्षा मन्दिर स्कूलको प्रांगणमा पहिलो चरणमा राहत वितरण गरिएको थियो भने सो पश्चात अधिकारी मोडमा राहत वितरण गरिएको थियो । मौसम खराबी कारण बाकी ठाउँमा भोली राहत वितरण गरिने जनाइएको छ ।
एक परिवारलाई १ बोरा चाम, दाल, नुन र तेल प्रदान गरिएको थियो ।
यस्तै आज राहत लिन आउने व्यक्तिहरुको वडाले थर्मल गनको प्रयोगबाट ज्वरो नाप तथा अन्य स्वास्थ्य जाच समेत गरेको थियो ।
विपन्न तथा मजदुरी गर्दै आएका व्यक्तिहरुलाई खाद्यान्नमा समस्या नहोस् भन्नका लागि वडाले राहत दिइरहेको छ । जसबाट छुटेका व्यक्तिहरुलाई आज कपन गुम्बाको सहयोगमा राहत वितरण गरिएको वडाअध्यक्ष राजु अधिकारीले केटिएम खबरलाई जानकारी दिनु भयो ।
सोही राहत वितरण तथा वडा गर्ने अन्य गतिविधिमा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले वडाअध्यक्ष राजु अधिकारीसंग विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।