आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

हिमालय स्कूलद्धारा नगरपालिका र नेपाल प्रहरीलाई पिपिई हस्तान्तरण


  • बिहिबार, बैशाख ४ २०७७
31.4K
SHARES

४ बैशाख, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ३, नारायणथानमा रहेको हिमालय बोर्डिङ्ग हाई स्कूलले बूढनीलकण्ठ नरपालिका तथा बूढानीलकण्ठ प्रहरी प्रभागलाई पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) प्रदान गरेका छ ।

बिहिबार बूढानीलकण्ठ नगरपालिकालाई १० थान, बूढानीलकण्ठ प्रहरी प्रभागलाई ५ थान र बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ३ लाई ५ थान गरि जम्मा २० थान पिपिई प्रदान गरेको हो ।

नगरपालिकाका मेयर उद्धब खरेल, बूढानीलकण्ठ प्रहरी प्रभागका प्रमुख भुपेन्द्र गिरी र वडाअध्यक्ष बालकृष्ण श्रेष्ठलाई विद्यालय टिम कार्यालय पुगि पिपिई हस्तान्तरण गरेको थियो । यस्तै २ जना पत्रकार र १ स्थानिय समासेवीलाई पनि पिपिई प्रदान गरिएको स्कूलले जनाएको छ ।

जनताको प्रत्यक्ष सरोकार राखेर काम गर्ने जनप्रतिनिधि तथा सुरक्षा निकायमा बसेर काम गर्ने प्रहरीहरूको सुरक्षाको अवस्थालाई ध्यानमा राखेर हिमालय बोर्डिङ्ग हाई स्कुलले पिपिई प्रदान गरेको प्रिन्सिपल खेमराज घिमिरेले बताउनु भयो । देश र जनतालाई परेको बेला हिमालय स्कूल सदैव तयार रहने छ र सक्दो सहयोग गर्ने प्रिन्सिपल घिमिरेले प्रतिवद्धता जनाउनु भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा