काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ४ टि.टि.आई ईलेक्ट्रोनिक्स नेपालले धुम्बाराहीमा रहेका न्युन आय भएका, मजदुर तथा विपन्न वर्गका गरी १५० परिवारलाई एक लाख सत्तरी हजार बराबरको खाद्यान्न तथा अन्य समाग्री वितरण गरेको छ ।

प्रदेश नं ३ का सासद नारायण सिलवाल सहित कामनपा वडा ४ का वडा अध्यक्ष मोहन विष्ट, सदस्य दिनेश महर्जन, धुव्र त्रिपाठी, लगायतका जनप्रतिनिधीहरुको रोहवरमा उक्त खाद्यन्न वितरण गरिएको थियो ।
अन्तराष्ट्रिय च्यानलको कार्य गर्ने टि.टि.आई ईलेक्ट्रोनिक्स नेपाल प्रा.लि. ले कार्यक्रम तथा सुचना प्रशोधन सेवाहरुको कार्य गर्दे आइरहेको छ । व्यवसायीक रुपमा करिब ५८ जना नेपाली युवाहरुलाई रोजगदार दिदै आएको उक्त कम्पनिले विभिन्न समयमा समाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिदै आइरहेको प्रा.लि.का प्रमुख नविन पाण्डेले बताए ।

व्यवस्थित रुपमा वितरण गरिएको उक्त राहतको वितरणका लागि स्थानीय धुम्ब्रबराह क्लबको सक्रिय सहभागीता रहेको थियो । राहत प्याकेजमा १५ केजी चामल,१केजी दाल, १ पाकेट नुन, १ पाकेट तेल, १ पाउ मस्यौरा तथा २ वटा साबुन समावेश गरिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।