शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कोरोनाको औषधि सम्झेर विषाक्त रक्सी पिउँदा ६ सयको मृत्यु, ३ हजार सिकिस्त !


  • बुधबार, चैत्र २६ २०७६
16.6K
SHARES

इरानमा कोभिड १९ (कोरोना भाइरस)का कारण मृत्यु हुनेको संख्या अहिलेसम्म झण्डै ३ हजार ८ सय पुगेको छ ।

तर, विषाक्त रक्सी सेवनले त्यहाँ ६ सय जनाको मृत्यु भएको छ । ३ हजार व्यक्ति विषाक्त रक्सी सेवनका कारण सिकिस्त भएका छन् ।

उनीहरुको अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डेलीमेलका अनुसार मंगलबार (हिजो) इरान सरकारका प्रवक्ता घोलम हुसैन इस्माइलीले कोरोनाको औषधि सम्झेर निट अल्कोहल पिएका र त्यसपछि ३६ सय जना बिरामी परेको बताए ।

इस्माइलीका अनुसार विषाक्त अल्कोहल खाएका ६ सय जनाको मृत्यु भइसकेको छ । उनले अल्कोहलका कारण कोरोनालाई कुनै पनि सकरात्मक असर नगर्ने भएकाले कुनै पनि प्रकारको रक्सी सेवन नगर्न नागरिकलाई आग्रह गरेका छन् ।

तस्निम न्यूज एजेन्सीसँग कुराकानी गर्दै उनले यो घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरुविरुद्ध आपराधिक गतिविधि गरेको आरोपमा मुद्दा चलाइएको जनाएका छन् ।

इरानमा कोरोना भाइरसका ६२ हजार भन्दा धेरै संक्रमित रहेका छन् । अहिले इरानले जारी गरेको तथ्याङ्कमा प्रश्न उठाइएको छ । इरानका ३१ सांसदलाई पनि कोरोना संक्रमण भएको छ । एजेन्सीको सहयोगमा–


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा