कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी बलिउड पार्श्व गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
कोरोना भाइरसबाट संक्रमित भएपछि उनी लखनउको एसजीपीजीआई अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई सोमबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
उनी मार्च २० मा अस्पतालमा भर्ना भएकी थिइन् । पाँच पटकसम्म उनको कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको थियो । तर, शनिबार र सोमबार लगातार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
बेलायतबाट फर्किएपछि उनमा कोरोना संक्रमण भएको थियो । कनिकाले आफूलाई घर फर्किएर परिवारसँग बस्न मन लागेको बताएकी थिइन् । १५ दिन अस्पतालमा उपचार गरेर उनी घर फर्किएकी हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।