काठमाडौं ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सातै प्रदेशमा कोरोना परीक्षण गर्ने र त्यसको आवश्यक प्रबन्ध मिलाउने निर्णय गरेको छ ।
आइतबार बसेको समितिको १७औं बैठकले सातै प्रदेशमा ल्याब स्थापना गर्ने र परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।
बैठकले सङ्क्रमितको सम्पर्कमा पुगेका सबैको परीक्षण (कन्ट्याक ट्रेसिङ) गर्ने पनि निर्णय गरेको छ । यसअघि सरकारले कोरोना सङ्क्रमित नौ जनाकै परीवारको परीक्षण गरिसकेको बताएको छ । अब उनीहरूसँग सम्पर्कमा पुगेका सबैको पहिचान गरेर परीक्षणको दायरामा ल्याउने समितिले तयारी गरेको हो ।
लकडाउन लम्ब्याउने विषयमा भने समितिले कुनै निर्णय गरेको छैन । सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकले नै लकडाउनको विषयमा निर्णय लिने समितिले जानकारी दिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।