शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

काठमाडौं उपत्यकाबाट १७ सय ९७ जना पक्राउ, २ सय ४७ सवारी नियन्त्रणमा


  • आइतबार, चैत्र २३ २०७६
16.6K
SHARES

काठमाडौं, चैत २३ ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न सरकारले लागु गरेको लकडाउन १३ दिनदेखि जारी छ ।

बाहिर ननिस्की घरमै बस्न सरकारले आग्रह गरे पनि उल्लंघन गर्नेहरुको संख्या बढ्दै गएको छ ।

काठमाडौं उपत्यकामा पनि उल्लंघनको संख्या अधिक रहेको छ । आइतबारमात्रै अहिलेसम्म काठमाडौं उपत्यकाबाट एक हजार ७ सय ९७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर रानीपोखरीले जनाएको छ ।

जसमा १४ सय ५४ पुरुष तथा ३ सय ४३ महिला हुन् । काठमाडौंबाट दुई सय ६८ महिलासमेत गरी १३ सय ८८, ललितपुरबाट ४० महिलासमेत गरी दुई सय ३३ तथा भक्तपुरबाट ३५ महिला गरी एक सय ७८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।

त्यस्तै दुई सय ४७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा दुई पाङ्ग्रे दुई सय ३८ तथा चार पाङ्ग्रे ९ रहेका छन् ।

त्यसैगरी मिति सकिइसकेको पुरानो पास लिएर सवारी चलाउने ३५ सवारी साधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा