शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अमेरिकामा कोरोनाबाट थप दुईजना नेपालीको मृत्यु


  • आइतबार, चैत्र २३ २०७६
17.7K
SHARES

फाइल तस्विर

काठमाडौं, चैत २३ ।
अमेरिकामा कोरोना संक्रमणबाट थप दुई जना नेपालीको मृत्यु भएको छ ।

कोरोना संक्रमणको इपिसेन्टर बनेको अमेरिकी राज्य न्यूयोर्कमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुस्ताङ घर भई न्यूयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्ट रहेको स्थानीय मिङमार लामालाई उद्धृत गर्दै अमेरिकाबाट पत्रकार होम लम्सालले जानकारी दिए ।

यस्तै न्युयोर्कमै अर्का नेपाली अजय छोचुनको पनि मृत्यु भएको छ । छोचुनको मृत्युको कारणको रिपोर्ट आउन बाँकी रहेको छ ।

अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले घटनाको पुष्टि गरे पनि पूर्ण विवरण आफूलाई आउन बाँकी रहेको बताएको पत्रकार लम्सालले जानकारी दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा