शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना रिपोर्ट आयो !


  • आइतबार, चैत्र २३ २०७६
18.3K
SHARES

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनामा कोरोना संक्रमण ‘नेगेटिभ’ भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीमा क्वारेन्टाइमा रहेका ९४ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । प्रवक्ता डा देवकोटाले देशभरका अस्पतालमा १ सय १३ जना कोरोनाको आशंकामा आइसोलेसनमा भएको पनि जाकारी दिए ।

यस्तै स्वास्थ्य मन्त्रालयले वेबसाइड र मोवाइल एप्स मार्फत गरेको सर्वेमा कोरोनाको लक्षण आफुमा भएको भन्दै ८ हजार ९८ जना व्यक्तिले सूचना दिएका बताएको छ । ती मध्ये हालसम्म १ सय ५० जना रेड जोनमा रहेका छन् ।

कोरोनाको आशंकामा स्वास्थ्य मन्त्रालयलाई आफ्नो लक्षणबारे बताउने मध्येबाट स्वास्थ्य मन्त्रालयले आज मात्र २४ जनालाई रेड जोनमा राखेको हो ।

प्रवक्ता देवकोटाले शनिबार कोरोना संक्रमण देखिएका ३ जना व्यक्तिको परिवारलाई पनि क्वारेन्टाइमा राखिएको बताए । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हालसम्म १५ सय ३९ वटा नमूना परीक्षण गरिएको र आज नयाँ कोरोनाको केस नभएको पनि बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा