शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

मदरसमा लुकेर बसेका ११ जनालाई क्वारेनटाइनमा भर्ना गरियो


  • शनिबार, चैत्र २२ २०७६
12.8K
SHARES

बारा । बारा र पर्साको विभिन्न मदरसामा लुकेर बसेका ११ जनालाइ सिमरामा संचालित कोरोना भाइरस विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीले विभिन्न मदरसामा लुकेर बसेका भारतको जमातमा सहभागी हुन सक्ने आशंकामा उनीहरुलाई क्वारेनटाइनमा भर्ना गरीएको हो ।

इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेले मदरसामा लुकेका पर्सा जिल्लाका ११ जना मध्ये १ जना बारा जितपुरका तबलिगी जमातमा सहभागी रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट नेपाल छिर्दै गरेको अवस्थामा ११ जना मुसलिम समुदायका केही व्यक्तिलाई क्वारेन्टाइनमा यसअघि नै राखी सकेको छ ।

उनीहरुलाई क्वारेन्टाइनमा १४ दिन राखेर स्वास्थ्य अवस्था चेकजाँच गरिने अस्पतालले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा