शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

ट्रम्पले दिए क्यानडा र ल्याटिन अमेरिकालाई मास्क निर्यात नगर्न आदेश


  • शनिबार, चैत्र २२ २०७६
15.6K
SHARES

एजेन्सी, चैत्र २२ । अमेरिकाले आफ्ना देशका मास्क उत्पादक कम्पनीहरुलाई मास्क विदेश निर्यात गर्न रोक लगाइदिएको छ ।

अमेरिकी सरकारले प्रमुख मास्क निर्माता कम्पनी ३एम लाई क्यानडा तथा ल्याटिन अमेरिकामा मास्क निर्यात नगर्न आदेश दिएको हो ।

अमेरिकामा निर्मित एन९५ मास्क क्यानडा तथा ल्याटिन अमेरिकामा निर्यात नगर्न सरकारले आग्रह गरेको ३एमले जनाएको हो ।

बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कोरियन युद्धको बेलाको सुरक्षा सामग्री उत्पादन सम्बन्धी कानून लागु गर्दै ३एमलाई थप मास्क उत्पादन गर्न आदेश दिएको थियो ।

उता, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले भने ३एमका मास्क निर्यातमा रोक लगाएमा त्यो ठूलो गल्ती साबित हुने टिप्पणी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिफेन्स प्रोडक्सन एक्टको प्रयोग ३एमलाई गम्भीर तरिकाले हिर्काउनका लागि प्रयोग गरेको बताएका छन् । सन् १९५० को सो कानूनले राष्ट्रपतिलाई कुनै पनि कम्पनीलाई भनिएको सामग्रीको उत्पादन बढाउन बाध्य पार्ने अधिकार दिन्छ ।

३एमले प्रतिमहिना १० करोड एन९५ मास्क उत्पादन गरिरहेको छ । त्यसमध्ये एक तिहाई मास्कको उत्पादन अमेरिकामा हुने गर्छ । बाँकी मास्कको उत्पादन भने विश्वका विभिन्न देशमा रहेका उद्योगमा हुने गरेको उक्त कम्पनीले जनाएको छ ।

क्यानडाले भने एन९५ मास्कको उत्पादन गर्दैन । अमेरिकाको यो निर्णयले क्यानाडा र ल्याटिन अमेरिकामा निकै ठूलो मानवीय संकट ल्याउने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा