बुटवल, चैत २१ ।
चैत १६ गते बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव अहिलेसम्म उठेको छैन ।
रुपन्देहीको सैनामैनाका ३४ वर्षीय थापाको मृत्युको कारण अस्पतालले नखुलाएको भन्दै आफन्तले शव नबुझेका हुन् ।
परिवार र आफन्तले उपचार नपाएर ज्यान गएको भन्दै छानबिनको माग गर्दै आएका छन् ।
मृतक थापाकी श्रीमती रिताले रुघा–खोकी र ज्वरो आएर अस्पताल गएका श्रीमानको उपचार नपाएकै कारण मृत्यु भएको दाबी गर्दै आएकी छन् ।
चैत ६ गते दुबईबाट काठमाडौं आएका थापा ७ गते रुपन्देही घर पुगेका थिए ।
घर जानेक्रममै सामान्य ज्वरो आएका उनले घरमै बसेर औषधि खाइरहेको र एक्कासि उच्च ज्वरो आउने तथा सास फेर्न मुस्किल भएपछि १३ गते अस्पताल गएका थिए ।
उनको अस्पतालमै मृत्यु भएको थियो । पछि उनको स्वाब परीक्षण गर्दा भने कोरोना संक्रमण नभएको ‘रिपोर्ट’ आएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।