विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा घटेको छ । यससँगै बिस्तारै कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आउनसक्ने आशा बढेको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाले ज्यान गुमाएका छन् । यसअघि सोमबार आठ सय १२ जनाको भाइरसको कारण मृत्यु भएको थियो । यस्तै, दुई हजार नौ सय ३७ नयाँ संक्रमित फेला परेका छन् ।
पछिल्लो तथ्यांकसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ५५ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको छ ।
संक्रमितमध्ये १६ हजार ८ सय ४७ जना उपचारपछि निको भएका छन् । ४ हजार ३५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार ५ सय ७२ जना उपचाररत छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।