शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बूढानीलकण्ठमा विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन पूरा


  • बुधबार, चैत्र १९ २०७६
16.8K
SHARES

बूढानीलकण्ठ- कोभिड –१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ । नगरपालिकाका १३ वटै वडामा सो तथ्याङ्क सङ्कलन गरिएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताउनुभयो ।

उहाँका अनुसार १५ दिन अघिदेखि नगरपालिकामा आएकाको तथ्याङ्क संकलन गरिएको हो । उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या आइपरेमा तत्काल अस्पतालमा जान आग्रह गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विदेशबाट फर्केकाका परिवार तथा छिमेकीलाई समेत सचेत रहन भनेको छ ।

नगर प्रमुख खरेलका अनुसार कोरोना संक्रमणको प्रकोप शुुरु भएयता नगरपालिकाभित्र फर्कनेको संख्या ८२ छ । तीमध्ये सबैभन्दा धेरै १८ जना संयुक्त अरब इमिरेट्सबाट फर्केका छन् । भारत १५, बंगलादेश पाँच, कतार आठ, पोर्चुगल र अमेरिका तीनतीन, अष्ट्रेलिया पाँच, मलेसिया र ओमान दुईदुई, बेलायत तीन, जापान चार तथा नर्वे, फिलिपिन्स, फ्रान्स र इजिप्टबाट एकएक जना घर फर्केको नगरपालिकाले जनाएको छ ।  (रासस)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा