शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

हेटौँडामा एकजनाको मृत्यु


  • बुधबार, चैत्र १९ २०७६
11.4K
SHARES

हेटौँडा, चैत १९ । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा बुधबार ना ६३ प ५६९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोरङको हरैचा नगरपालिका–८ बस्ने वर्ष ३२ की विन्दा घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार अनियन्त्रित भइ सडक छेउको नालीमा खस्दा मोटरसाइकल चालक लिलामणी घिमिरे र विन्दा सवार मोटरसाइकल दुर्घटना हुँदा विन्दाको उपचारका क्रममा मृत्यु भएको छ, भने लिलामणीको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा