काठमाडौं, चैत १९ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु. १० का दरले घटाएको छ ।
अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।
निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु. ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु. ९६ तोकेको छ । हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु. १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको
वाई इन्धनको मूल्य प्रतिलिटर रु. ७५ तोकेको छ ।
यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ । रासस
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।