कोरोनाभाइरससँग सम्बन्धित अप्रिल फूल जोक गर्नेलाई पाँच वर्षसम्मको कारावास सजाय हुने थाइल्यान्ड सरकारले चेतावनी दिएको छ ।
संसारभरिका देशले कोभिड–१९ का सम्बन्धमा जोक नगर्न मानिसहरूलाई चेतावनी दिएका छन् किनकि जोकमार्फत हल्ला फैलिएर मानिसको जीवन नै जोखिममा पर्न सक्छ ।
‘अप्रिल फूल्स डेमा कोभिड–१९ भएको भनी जोक गर्नु गैरकानूनी हो,’ थाइ सरकारले ट्विटरमा लेखेको छ ।
ताइवानकी राष्ट्रपति त्साइ इङ–वेनले मानिसहरूलाई भाइरसका विषयमा जोक नगर्न अनि हल्ला वा गलत सूचना फैलाउनेलाई तीन वर्षसम्मको कारावास सजाय ररवा ३० लाखसम्मको जरिवाना लगाउन सकिने भनी फेसबूकमा लेखिन् ।
भारतको महाराष्ट्र राज्यको साइबर सुरक्षा इकाइले अप्रिल फूल्स डेमा गलत खबर फैलाउने जोकोहीविरद्ध कारवाही चलाइने चेतावनी दिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।