शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

एसियामा कोरोनाको जोखिम कायमै छ: डब्लूएचओ, नेपाल कति सुरक्षित ?


  • मंगलबार, चैत्र १८ २०७६
22.1K
SHARES

फाइल तस्विर

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को जोखिम एसिया प्रशान्त क्षेत्रमा कायमै रहेको र महामारीको जोखिम अझै नसकिएको विश्व स्वास्थ संगठनले जनाएको छ । विश्व स्वास्थ संगठनले कोरोना विरुद्धको लडाईलाई जारी राख्न पनि आग्रह गरेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको प्रभाव अहिले युरोप र अमेरिकामा बढी देखिएको छ । तर एसिया प्रशान्त क्षेत्रमा पनि यसको प्रभाव अझै नरोकिने डब्लूएचओले आकलन गरेको छ ।

डब्लूएचओका पश्चिमी प्रशान्तका क्षेत्रीय निर्देशक डा. टाकेसी कासाइले यो लडाइँ लामो समयसम्म जारी रहने भएकाले आफ्नो सुरक्षा व्यवस्था गरिरहनुपर्ने उल्लेख गरे । सबै मुलुकले स्थानीय अवस्था अनुसार भाइरस रोक्ने प्रयत्न जारी राख्नुपर्ने समेत बताए ।

डब्लूटएचओको यो धारणा सँगै नेपाल कोरोना संक्रमणको दृष्टिले कति सुरक्षीत छ भन्ने चर्चा सुरु भएको छ । अहिलेसम्म पाँच जनामा पुष्टि भएको कोरोना संक्रमण हाम्रै असावधानिले कतै फैलिएको त छैन भन्ने प्रश्न उठेको छ ।

त्यसका लागि संक्रमितको पहिचान, आइसोलेशन र परिक्षणलाई व्यापक बनाउने, संक्रमितको सम्पर्कमा आएका मानिसलाई जतिसक्दो छिटो क्वारेन्टाइन राख्ने र सामाजिक दुरी घटाउने उपाय अवलम्बन गर्ने कामलाई निरन्तरता गर्नुपर्ने आवश्यकता छ । विश्व स्वास्थ संगठनले समेत यहि सुझाव दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा